२८ भदौ, दमक ।
पूर्व पश्चिम राजमार्गअन्तर्गत झापाको धरमपुर ८ मा मोटरसाइकल पल्टिई भएको दुर्घटनामा मोटरसाइकलमा सवार एक दम्पती घाइते भएका छन् ।
पश्चिम आउँदैगरेको मे ३ प ८५४९ नम्बरको मोटरसाइकल अचानक पल्टिँदा मोटरसाइकल चालक झापा धाइजन १ का ५२ बर्षिय भिम बहादुर लिम्बु र पछाडी सवार उनकी ४० बर्षिया श्रीमती सिता लिम्बु घाइते भएका हुन् ।
घाइते दुबैको लाइफलाइन अस्पताल दमकमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।
Comments
Post a Comment