पत्रकार सुब्बालाई सहकारीता पुरस्कार





३ असोज, दमक।
सहकारी पत्रकारिता पुरस्कारवाट दमकका पत्रकार विष्णु सुब्बा पुरस्कृत भएका छन् । दमक-११ स्थित एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाले स्थापना गरेको सो पुरस्कारवाट सुब्बा पुरस्कृत भएका हुन् ।
आज संस्थाको तेश्रो बार्षिक साधारणसभाका अवसरमा पत्रकार सुब्बालाई नगद ५ हजार १ सय तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको हो ।
सहकारीका क्षेत्रमा कलम चलाएवापत सुब्बालाई संस्थाले पुरस्कृत गरेको जनाइएको छ । पत्रकार सुब्बलाई जिल्ला डिभीजन सहकारीका अधिकृत नेत्रप्रसाद घिमिरेले पुरस्कार प्रदान गरेका थिए । संस्थाले सहकारीका क्षेत्रमा कलम चलाउने एकजना सञ्चारकर्मीलाई बार्षिक रुपमा पुरस्कृत गर्ने व्यवस्थापक धर्मानन्द भट्टराईले जानकारी दिएका छन् ।
डेढ दशकदेखि पत्रकारितामा क्रियाशील सुब्बा पूर्वेली टाइम्सका साथै राष्ट्रिय समाचार समिति र पिपुल्स टाइम्स दैनिकसँग सम्वद्ध छन् ।




Comments