भारतीय हात्तीद्वारा १० कठ्ठाको धान स्वाहा



९ असोज, दमक।
भारतबाट आएको जंगली हात्तीको एक समूहले झापाको बाहुनडाँगीमा स्थानीयबासीको धानबाली नष्ट गरेको छ । गएराति १० वटाको संख्याका आएका हात्तीले बाहुनडाँगी ८ का किसानको १० कठ्ठामा लगाइएको धानबाली नष्ट गरेका हुन् ।
जंगली हात्तीको सो समूहलाई नेपाल प्रहरी, बन कर्मचारी र स्थानीयबासीले राति २ बजेतिर जंगलतर्फ लखेटेका थिए ।
हात्तीलाई धपाउन तीन राउण्ड हवाई फायर गरिएको प्रहरी चौकी तिरिङखोलाले जनाएको छ ।



Comments