दुर्घटनामा दुईको मृत्यु




१४ असोज, दमक।
झापा र मोरङमा भएका सडक दुर्घटनामा २ जनाको ज्यान गएको छ ।
पूर्व पश्चिम राजमार्गअन्तर्गत झापाको बिर्तामोड नगरपालिका ६ मा आज बिहान बसको ठक्करबाट एक जनाको ज्यान गएको छ ।
विहान सवा १० बजेतिर पूर्वतर्फ जाँदैगरेको ना ४ ख ७४५७ नम्बरको बसले ठक्कर दिँदा ४२ बर्षिय पैदल यात्री धन बहादुर थापाको मृत्यु भएको हो । बसको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्री थापाको उपचारको क्रममा बिर्तासिटी अस्पताल बिर्तामोडमा मृत्यु भएको प्रहरीले जनाएको छ । थापा कृषि सामग्री कार्यालयका बिर्तामोडका कर्मचारी हुन्।
बस र चालकलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको छ ।

उता कोशी राजमार्गअन्तर्गत धनकुटाको भेडेटार ४ मा सोमबार एम्बुलेन्सको ठक्करबाट घाइते भएकी एक बालिकाको आज मृत्यु भएको छ ।
धरानबाट भोजपुर जाँदैगरेको को १ च ७६९३ नम्बरको एम्बुलेन्सले सोमबार बिहान ८ बजे पैदल हिँडिरहेका धनकुटा डाँडागाँउ ९ बस्ने ९ वर्षिया हिमा पोख्रेल र उनका भाइलाई ठक्कर दिँदा दुबै गम्भीर घाइते भएका थिए । दुबैलाई उपचारका लागि भारतको सिलिगुढी लगिएकोमा दिदीको उपचारको क्रममा आज मृत्यु भएको हो । एम्बुलेन्स र चालक प्रहरी चौकी भेडेटारको नियन्त्रणमा छन् ।




Comments