२९ भदौ, इटहरी।
एरिना टेलिभिजनको आयोजनामा संचालन भैरहेको पीएलओ भ्वाइस अफ पूर्वाञ्चलको तेस्रो अडिसनवाट उत्कृष्ट ३० जना छनौट भएका छन् । इटहरीमा सम्पन्न अडिसनवाट छनौटमा परेका प्रतियोगीले अव असोज ३ गते चौथो चरणको अडिसनमा सहभागी हुनु पर्ने आयोजक एरिना टेलिभिजनले जनाएको छ । चौथो चरणको अडिसनवाट उत्कृष्ट २० जना प्रतियोगी छनौटमा पर्ने एरिना टेलिभिजनका प्रवन्ध निर्देशक समिर कार्कीले जानकारी दिए।
तेस्रो चरणको अडिसन अत्यन्तै प्रतिष्पर्धात्मक रहेको निर्णायक गायक तथा संगीतकार बलराम समालले बताए । कार्यक्रमको आकर्षणको रुपमा मोरङ पथरीका ७ बर्षीय पंकज सापकोटा रहेका छन् । उनको आवाजले निर्णायक मण्डललाई नै चकित पार्ने गरेको छ । निर्णायक मण्डलमा गायक तथा संगीतकार बलराम समाल, शास्त्रीय गायक अनिल फागो र अतिथि निर्णायकमा फिल्म निर्देशक सुमन श्रेष्ठ रहेका थिए । दशैंअगाडी नै उत्कृष्ट १० जना छनौट गरिने टेलिभिजनका स्टेशन म्यानेजर प्रेम अधिकारीले जानकारीले जानकारी दिए। दश प्रतियोगी छनौटपछि उनीहरुकै आवाजमा एउटा गीती एल्बम एरिना टेलिभिजनले बजारमा ल्याउने छ । १० प्रतियोगीहरुले आ-आफनो क्षेत्रमा सांगीतिक कार्यक्रम आयोजना गर्ने छन् । उक्त कार्यक्रमपछि मात्र उनीहरु बीचमा प्रतिष्पर्धा गराइने अधिकारीले जानकारी दिए। उत्कृष्ट १० वाट एसएमएस भोटिङसमेत खुल्ला गरिने आयोजकले जानकारी दिएको छ ।
पीएलओ लुब्रिकेन्ट्को मुख्य प्रयोजनमा भैरहेको कार्यक्रमलाई बजाज अटोसीटी इटहरी, स्काई सप नेपाल र पूर्वाञ्चल डिजिटल रेकर्डिङ स्टुडियो इटहरीले प्रायोजन गरेका छन् । कार्यक्रममा उत्कृष्ट हुनेले मोटरसाइकल, नगद, सपिङ भौचर, गीती एल्बम, र गिफ्ट ह्याम्पर पाउने छन् । उक्त कार्यक्रमको प्रशारण हरेक दिन साँझ ८ बजे एरिना टेलिभिजनले प्रसारण गर्ने एरिना टेलिभिजनका कार्यक्रम निर्देशक नरेन्द्र बस्नेतले जानकारी दिए।
Comments
Post a Comment