बिना इजाजत सञ्चालित ४२ सिटी सफारी नियन्त्रणमा




३१ भदौ, सुनसरी।
दर्ता नगरी सुनसरीको इटहरी र आसपासका क्षेत्रमा सञ्चालन भइरहेका ४२ वटा सिटी सफारीहरूलाई पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले निणन्त्रणमा लिएको छ।
बिना नम्बर प्लेट सञ्चालनमा रहेको, प्राबधान बिपरित मेकानिकल जाँच नगराई आफुखुशी पार्ट पुर्जा ल्याई जडान गरी जोखिमुर्ण रूपमा सञ्चालन गरेको पाइएकोले त्यस्ता सवारी साधन नियन्त्रणमा लिइएको कार्यालयले जनाएको छ ।
जोखिमपूर्ण रूपमा चलाइएका त्यस्ता सवारी साधनबाट हुन सक्ने मानबिय तथा भौतिक जोखिमलाई नियन्त्रण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले ती सवारी साधन नियन्त्रणमा लिएको हो ।
सम्बन्धित निकायबाट सञ्चालनको अनुमति लिएपछि मात्र त्यस्ता सवारी साधन सञ्चालन गर्न दिइने कार्यालयले जनाएको छ ।



Comments