ट्रकमा चढेर आएकी युवतीको सामुहिक बलात्कार






तेज बन विश्वासी
३१ भदौ, सुनसरी ।
सुनसरीको हरिपुरस्थित सप्तकोशी व्यारेज आसपास क्षेत्रमा एक यादव थरकी युवती सोमवार राति सामुहिक बलात्कारको शिकार बनेकी छिन् ।
सप्तरीको रुपनीबाट कोशी व्यारेज आउने क्रममा ट्रकमा चढेकी यादव थरकी युवतीलाई ट्रकमा रहेका तीन जनाको समुहले पालैपालो बलात्कार गरेको प्रहरीले जनाएको छ ।
ट्रकभित्रै सामुहिक बलात्कार हुँदा चिच्याएकी युवतीको आवाज सुनेर नजीकैको सशस्त्र प्रहरीको हरिपूर पोष्टका प्रहरीहरुले तत्काल ती युवतीको उद्धार गर्नुका साथै संलग्न तीनै जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेहरुमा ट्रकका चालक सप्तरी बनिगामाकटी ४ का ३० वर्षीय राम यादव, सहचालक १९ बर्षीय चन्द्रदेव यादव र सहयोगी १८ वर्षीय सरोजकुमार यादव रहेका छन् ।
पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा लगि जिम्मा लगाइएको युवती उद्धारमा खटिएका ससस्त्र प्रहरी बल हरिपुर पोष्टका प्रहरी नायव निरीक्षक नारायण सुवेदीले बताए ।
जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा रहेका तीनैजना बिरुद्ध आजै जवरजस्ती करणीको मुद्दा दर्ता गरिसकिएको सुनसरीका प्रहरी प्रमुख एसपी मसउद आलम खाले बताएका छन् ।



Comments