२८ भदौ, दमक।
बाल दिवसको अवसरमा दमक नगर कराते खेल बिकास समितिको आयोजनामा भोलि आइतवार हुने एक दिवसीय दमक नगर कराते कप प्रतियोगिताको अन्तिम तयारी पूरा भएको जनाइएको छ ।
समितिका अध्यक्ष बिमल खतिवडाका अनुसार बाल दिवसको अवसरमा गरिन लागेको प्रतियोगितामा माईवारीका १ सय ५० भन्दा बढी करातेका बाल खेलाडीहरु सहभागि हुने निश्चित भएको छ । समितिले आन्तरिक स्रोत जुटाएर यो प्रतियोगिता गर्न लागेको खतिवडाले बताए ।
कराते प्रशिक्षक राम चाम्लिङले दिएको जानकारी अनुसार ब्याडमिण्टन तथा कराते ट्रेनिङ सेन्टर दमक ११ मा प्रतियोगिता सञ्चालन हुनेछ भने मोरङको एउटा समुह मैत्रीपूर्ण खेलका लागि सहभागि हुनेछ ।
बालबालिकाको प्रतिभा बाहिर ल्याउने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिन लागेको उनले बताए ।

Comments
Post a Comment