चौतारी क्षेत्रीय कमिटीको अध्यक्षमा पुनः विमली





६ असोज, बिर्तामोड।
प्रेस चौतारी, बिर्तामोड क्षेत्रीय कमिटीको अध्यक्षमा यम विमली पुनः निर्वाचित भएका छन् । क्षेत्रीय कमिटिको सोमबार सम्पन्न प्रथम अधिवेशनले विमलीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत निर्वाचित गरेको हो ।
कार्यसमितिको उपाध्यक्षमा प्रदीप परियार, सचिवमा पुष्पराज भट्टराई, सहसचिवमा राम निरौला, कोषाध्यक्षमा सन्ध्या भट्टराई रहेका छन् । यसैगरी सदस्यहरुमा मनोज लामिछाने, गोपीचन्द्र मिश्र, रमेश तिवारी, रविकिरण वान्तवा, निश्चल आचार्य, चन्दना बराल, सागर गौतम, सुनिरा मैनाली, राजु पौडेल, टिका खनाल त्रिताल, शान्तकुमार शिवाकोटी, सागर रिजाललगायत रहेका छन् ।

प्रेस चौतारीका केन्द्रीय सदस्य लीलाराज भट्टराईको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा क्षेत्रीय कमिटीका अध्यक्षद्वारा साङ्गठनिक तथा आर्थिक प्रतिवेदन संशोधनसहित पारित गरिएको थियो । कार्यक्रममा नेकपा एमाले झापा जिल्ला प्रचार विभाग प्रमुख माधव विद्रोही, एमाले बिर्तामोड नगर संयोजक ज्ञानुराम प्रसाईं, प्रेस चौतारी झापाका अध्यक्ष गोपाल काफ्लेलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
अधिवेशनमा वक्ताहरुले नेकपा एमाले, उसको जनवर्गिय संगठन प्रेस चौतारी नेपालको अन्तरसम्बन्धका बारेमा चर्चा गर्दै नवनिर्वाचित कमिटीका सदस्य तथा पदाधिकारीहरुलाई बधाई ज्ञापन गरेका थिए । उनीहरुले नजिकिँदै गरेका नेपालीहरुका मुख्य चाडपर्वहरुका लागिसमेत शुभकामना आदानप्रदान गरेका छन् ।







Comments