चोरी तस्करी गरिएको लोपोन्मुख सतिसाल बरामद






८ असोज, उर्लाबारी।
मंगलबार राति स्थानीय युवाहरूले मोरङको केरौन १ जहदाबाट पक्राउ गरेको ट्याक्टर सहितको २० क्यू.फि. काठ आज इलाका वन कार्यालय बेलबारीमा बुझाइएको छ ।
केरौन -१ का मनिराज पुरीको घरमा को २ प २१८८
नम्बरको ट्याक्टरमबाट अनलोड गर्दै गरेको अवस्थामा लोपोन्मुख सतिसाल जातको सो काठको टुन स्थानीय सइकुमार तामाङ सहितका युवाको टोलीले पक्राउ गरी प्रहरीलाई खवर गरेको थियो । तामाङका अनुसार ट्याक्टर धनी केरौन -१ का भोजकुमार श्रेष्ठको नेतृत्वमा उक्त काठ चोरी भएको हो ।
प्रहरीले काठ र ट्याक्टर मात्र वन कार्यालयलाई बुझाएको सहायक वन अधिकृत शत्रुघ्नलाल दासले बताए। दासले वन कार्यालय थप अनुसन्धानमा रहेकोले के कारवाही गर्ने भन्ने टुङ्गोमा नपुगिएको बताए। तर काठ पक्राउ गर्ने युवाहरूले भने वन पदाधिकारीहरूको पूर्व नियोजित कार्यक्रम अनुसार नै काठ तस्करी भएको आरोप लगाएका छन् ।
उता जागृति सामूदायिक वन उपभोक्ता समूहका अध्यक्ष भोजकुमार राईले उपभोक्ता-उपभोक्ता बीच आग्रह पूर्वाग्रहका कारण वन समितिको निर्णयमा नै गरिएको काम कानूनी अप्ठ्यारोमा परेको बताए। उनले काठ चोरी तस्करी नभएको जिकिर गर्दै तस्करी आरोप मात्र भएको बताए।


Comments