खुशीलालको परिवारमा खुशी ल्याउने चिकित्सकद्वय सम्मानित






२ असोज, दमक ।
झापा खजुरगाछीका ७ बर्षिय बालक खुशीलाल माझीको उपचारमा चासो राखी निल्शुल्क शल्यक्रिया गरेर मानवीय सेवामा समर्पण भाव राखेको भन्दै लाइन्स क्लव अफ दमक माउण्ट एभरेष्ट दमकले लाइफ लाइना अस्पताल दमकका मेडिकल सुपरिटेण्डेन्ट सूर्यनारायण शाह र बालकको उपचारमा काठमण्डौदेखि आउने डा. राकेशकुमार शाहलाई सम्मान गरेको छ ।




बिपन्नताका कारण ६ बर्षदेखि उपचार नपाएर पीडामा बसेको माझी परिवारमा खुशी ल्याउनका लागि खुशीलालको उपचारमा अस्पताल र डा. शाहद्वयले गरेको योगदानको कदर गर्दै दमकमा आयोजित एक कार्यक्रमका बीच सम्मान गरिएको हो ।
वालक खुशीलाल ३ साता अघिदेखि लाइफलाइन अस्पतालमा उपचाररत छन् । उनको नाइटोबाट आन्द्रा बाहिर आएको थियो । बालकको उमेर अनुसारको उचाई र शरीरको अन्य भागको समेत बिकास नभएकाले जटिल शल्यक्रियामार्फत उपचार गर्नुपरेको बताइएको छ । डा. शाहद्वयसहित छ जना बिशेषज्ञहरुको टोलीले लाइफलाइन अस्पतालमा बालकको शल्यक्रिया गरिएको हो । अस्पतालले आफ्नै खर्चमा सबै उपचार गरेको डा. सूर्यनारायण शाहले बताए।
काठमण्डौबाट आएका डा. राकेशकुमारले समेत बालकको अवस्था देखेर कुनै पनि रकम लिएका छैनन् । पत्रकार मञ्च दमक र लाइन्स क्लव अफ दमक माउष्ट एभरेष्टको पहलमा खुशीलालको उपचार भएको लाइन्स क्लव अफ माउण्ट एभरेष्ट दमकका अध्यक्ष अजय अग्रवालले जानकारी दिए ।






Comments