बाढीका कारण जिरिखिम्ती खतरामा





३० भदौ, पथरी।
डाँस खोलामा उर्लिएको बाढीले पथरीशनिश्चरे ८ स्थित जिरिखिम्ती टोललाई लगातार संकटमा पारेको छ ।
यसअघि देखि नै कटानबाट जोखिममा रहेको सो टोलमा आज विहान पहाडी क्षेत्रमा भएको भारी वर्षाका कारण आएको बाढीले सयौं घर संकटमा पारेको छ ।
बाढीले कटान गरेपछि डाँस मोरङ्गी सामुदायिक वन उपभोक्ता समूहले एक्जाभेटर लगाएर खोलाको बहाव परिवर्तन गरेको क्षेत्रबाट पुन खोलो बस्तीतर्फै फर्केर कटान सुरु गरेको समूहका अध्यक्ष शिवप्रसाद भट्टराईले बताए।

पुलको उत्तरी भागको पिलरमा खोलो ठोक्किएर महेन्द्र राजमार्गलाई नै क्षति पुर्‍याउने अवस्था सिर्जना भएको छ । पुल दक्षिणमा खोलाको दायाँ र वायाँ रहेको बस्तीमा खोलाको डुवान र कटानले संकट पार्दै गएको स्थानीय सोमनाथ भट्टराईले जानकारी दिए । उनले पुल आसपासको बस्ती क्षेत्रमा तटबन्धको ठूलै योजना आवश्यक रहेको उल्लेख गरे ।



Comments