
२८ भदौ, पथरी।
पथरी युवा समाज युएइले २ दशकदेखि पत्रकारितामा सक्रिय मोरङ पथरीशनिश्चरेका पत्रकार भूपेन्द्र तिम्सिनालाई क्रियाशिल पत्रकारिता पुरस्कार प्रदान गर्ने भएको छ ।
मोरङ क्षेत्र नम्बर २ बाट पत्रकारिता गर्ने क्रियाशिल पत्रकारलाई सम्मान गर्ने योजना अनुसार पहिलोपटक १० हजारु रुपैयाँ राशीको सो पुरस्कार सहितको सम्मान तिम्सिनालाई प्रदान गर्ने निर्णय भएको नेपाल पत्रकार महासंघ युएइका सहसचिव त्रिलोचन कोइरालाले बताए।
नेपाल समाचारपत्र दैनिक, ब्लाष्ट टाइम्स, मकालु टेलिभिजन, कंचनजंघा एफएम सहितका सञ्चारसंस्थामा कार्यरत तिम्सिना मोरङ पूर्वका सक्रिय पत्रकारमा रूपमा रहेका छन् । उनी पत्रकारिता सँगसँगै साहित्य र कलामा पनि सक्रिय छन् ।
त्यसैगरी, पथरीबाटै मोफसल साप्ताहिक पत्रिका प्रकाशन सुरु गरेर पत्रकार उत्पादनमा उल्लेखनीय भूमिका निर्वाह गरेवापत पूर्व पत्रकार नरेन्द्र राईलाई पनि प्रेरणा पत्रकारिता सम्मान प्रदान गरिने पनि कोइरालाले उल्लेख गरे। समाजले विजयादशमीको अवसर पारेर आगामी असोज १५ गते पथरीमा आयोजित कार्यक्रममा सो पुरस्कार सहितको सम्मान प्रदान गर्ने भएको छ ।
नेपाल पत्रकार महासंघ युएइका सहसचिव त्रिलोचन कोइरालाको संयोजकत्वमा पत्रकार महासंघ मोरङका सहसचिव मोहन भट्टराई, महासंघ मोरङका सदस्य लोकबहादुर चौहान, पथरी युवा समाज युएइका अध्यक्ष कृष्णप्रसाद पौडेल र पथरी युवा समाज युएइ सम्पर्क समिति पथरीका सचिव तारा घिमिरे रहेको पुरस्कार छनौट समिति बनाइएको थियो ।
Comments
Post a Comment