सहमति कार्यान्वयन नभएको भन्दै आदिवासी जनजातिहरु आन्दोलित



सौखिन बान्तवा,
२ असोज, मोरङ।
आदिवासी जनजातिको मागप्रति प्रमुख राजनीतिक दलहरुले वेवास्ता गरेको भन्दै आदिवासी जनजातिहरु आन्दोलित भएका छन् ।
आदिवासी जनजातिको पक्षमा भएका विभन्न सहमतिलाई कार्यान्वयन नगरेकाले ती सहमति र सम्झौताहरु कार्यान्वयनको माग गर्दै उनीहरु आन्दोलित भएका हुन् ।

आन्दोलनकै क्रममा महासंघको केन्द्रीय कार्यक्रम अनुसार नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् मोरङले बिहिवार जिल्ला प्रशासन कार्यालयमा धर्नासहित ज्ञापन पत्र बुझाएको छ ।
जिल्लाको विभिन्न नगर, गाउँ परिषदबाट आएका आदिवासी अगुवा, सर्वसाधरणले प्रशासन कार्यालयको गेटमा दिउँसो एक बजेबाट एक घण्टा धर्ना दिएका हुन् ।
धर्नापछि आफूसहितको टोलीले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीको कार्यालयमा पुग्नेगरी ज्ञापनपत्र बुझाएको महासंघका मोरङ अध्यक्ष मिलनकुमार राईले बताएका छन् ।
ज्ञापनपनत्रमा आदिवासी जनजातिले माग गर्दै आएको पहिचान सहितको संघीयतासहित विगतको सहमति कार्यान्वयन गर्न माग गरिएको अध्यक्ष राईले बताए ।







Comments