श्रीमानको कुटाईबाट एक महिलाको मृत्यु




३ असोज, इलाम ।
श्रीमानको कुटाइबाट इलामको माइपोखरीमा एक महिलाको ज्यान गएको छ ।
माईपोखरी ३ का ३० वर्षिय बिरेन राईले गएराति पौने ११ बजेतिर गरेको निर्घात कुटपिटका कारण उनकी २६ वर्षिया श्रीमती जानुका कार्की (राई) को मृत्यु भएको हो।
घरायसी विवादको निहुँमा श्रीमानको कुटाईबाट गम्भीर घाइते भएकी उनलाई उपचारका लागि इलाम अस्पताल लैजाने क्रममा बाटैमा उनको मृत्यु भएको इलाम प्रहरीले जनाएको छ । अभियुक्त बिरेन्द राईलाई नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।



Comments