३० भदौ, दमक।
मोरङको मधुमल्लामा आइतबार साँझ भएको आगलागीमा करिब तीनलाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
साँझ ८ बजेतिर मधुमल्ला ७ का केदारनाथ कठायतको घरमा खाना पकाउने ग्याँस लीक भएर आगलागी हुँदा घर, घरभित्र भएका सामान जल्दा सो क्षति भएको प्रहरीले जनाएको छ । 
स्थानीयबासी, प्रहरी, र दमकलको प्रयासबाट साँझ पौने ९ बजे  आगो नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय उर्लबारीले जनाएको छ ।  
Comments
Post a Comment