तालिमपश्चात निःशुल्क औजार वितरण




३० भदौ, राजगढ।
प्राविधिक सीप सिकेका प्रशिक्षार्थीहरुलाई बिर्तामोडस्थित झापा प्राविधिक शिक्षालयले सोमबार राजगढ आसपासका ४२ जना प्रशिक्षार्थीलाई व्यवसाय सञ्चालनका लागि आवश्यक पर्ने औजार वितरण गरेको छ ।
रोजगार कोषको सचिवालय हेल्भेटास नेपालको सहयोगमा समृद्घिको बाटो कार्यक्रमअन्तर्गत झापा प्राविधिक शिक्षालयले २०७१ असार १० गतेदेखि भदौ २५ गतेसम्म सञ्चालन गरेको विल्डिङ इलेक्ट्रिसियन र ड्रेस मेकर (टेलरिङ) विषयको ३ सय ९० घण्टाको निःशुल्क तालिम सञ्चालन गरेको थियो । प्राविधिक शिक्षालयले सञ्चालन गरेको विल्डिङ इलेक्ट्रिसियन तालिम पूरा गरेका २० जना र ड्रेस मेकरका २२ जना गरी ४२ जनालाई व्यवसाय सञ्चालनका लागि आवश्यक पर्ने औजार वितरण गरिएको प्राविधिक शिक्षालयका हरि बरालले जानकारी दिए ।

प्राविधिक शिक्षालयले झापाको राजगढमा सञ्चालन गरेको सीपमुलक तालिमपश्चात ४२ जना प्रशिक्षार्थीहरुलाई राष्ट्रिय सीप परीक्षण समितिबाट सीप परीक्षण गराई आठ हजार रुपैयाँ बराबरको सामग्री वितरण गरेको हो ।





कार्यक्रममा वल्डिङ इलेक्ट्रिसियनका प्रशिक्षार्थीलाई मल्टि फङसन ड्रिल मेशिन, ग्लेण्डर मेशिन, स्क्रुड्राइभर सेट र ड्रेस मेकरका प्रशिक्षार्थीलाई सिलाई मेशिन निःशुल्करुपमा प्रदान गरिएको थियो ।
इलाका प्रहरी कार्यालय राजगढका इञ्चार्ज मनोज पौडेलको प्रमुख आतिथ्यता रहेको औजार वितरण समारोहमा एलजीसीडीपी राजगढकी सामाजिक परिचालिका अम्बिका भेटुवाल, प्रमुख प्रशिक्षकहरु दिपेन्द्र विमली, दुर्गा राईका साथै स्थानीय अग्रजहरुको सहभागिता रहेको थियो । कार्यक्रममा झापा प्राविधिक शिक्षालयका प्रतिनिधि हरि बरालले सहजीकरण गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख प्रशिक्षक दिपेन्द्र विमलीले वितरण गरिएको औजारको सहायताले प्रशिक्षार्थीहरुलाई सिकेको सीपको सदुपयोग गर्न मद्दत पुग्ने धारणा राखे । उनले सहभागी प्रशिक्षार्थीहरुलाई सीपको प्रयोगगरी आत्मनिर्भर बन्न समेत आग्रह गरे ।




Comments