छुट्टाछुट्टै सवारी दुर्घटनामा ८ घाइते





१२ असोज, दमक।
इलाम र सुनसरीमा आज भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा आठजना घाइते भएका छन् ।

मेची राजमार्गअन्तर्गत गोदक १ मा बिहान साढे १० बजेतिर मे १ ख १९४३ नम्बरको बसले ठक्कर दिँदा एक पैदलयात्री महिला घाइते भएकी छिन् । बिर्तामोडबाट इलामतर्फ जाँदैगरेको मे १ ख १९४३ नम्बरको बसले मानसिक सन्तुलन ठिक नभएकी ४५ वर्षिया महिलालाई ठक्कर दिँदा गम्भीर घाइते भएकी हुन् । उनलाई उपचारको लागि झापातर्फ पठाइएको इलाम प्रहरीले जनाएको छ । बसचालक ३५ वर्षिय रामबहादुर तामाङलाई जिल्ला प्रहरी कार्यालय इलामले नियन्त्रणमा लिएको छ ।





त्यस्तै पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरीको हरिपुर ९ भान्टाबारी चोकमा बस, मिनी ट्रक र टाटा सुमो ठोक्किँदा बसमा सवार ६ जना र ट्रकका चालकसहित ७ जना घाइते भएका छन् । बसको ठक्करबाट ट्रक र टाटा सुमोसमेतमा सामान्य क्षति भएको छ ।
अपरान्ह १ बजे पूर्वबाट पश्चिम जाँदैगरेको ना ३ ख ५३५३ नम्बरको बसले बिपरित दिशाको बा १ ग ५७५१ नम्बरको मिनी ट्रकसँग खाई भारतीय टाटा सुमोसँग ठोक्किएको थियो । बसको ठक्करबाट ट्रकका चालकसमेत सामान्य घाइते भएका छन् । घाइते सबैलाई इनरुवा अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
बस, ट्रक र टाटा सुमो सीमा प्रहरी चौकी भान्टाबारिको नियन्त्रणमा रहेका छन् भने बसका चालक फरार रहेकाले खोजतलास भइरहेको प्रहरीको भनाई छ ।


Comments