दलित उत्थान मञ्चद्वारा विश्वकर्मा बाबाको मन्दिर स्थापना





१ असोज, पथरी ।
सर्वदलीय दलित उत्थान मञ्चले बिश्वकर्मा पूजाको अवसरमा विश्वकर्मा बाबाको मन्दिर स्थापना गरेको छ । मोरङ शनिचरे-पथरी नपामा ८ मा बुधबार मन्दिर उद्घाटन गरी सामुहिक पूजा गरिएको छ ।
मन्दिर उद्घाटन कार्यक्रममा प्रमुख अतिथि दलित भूमिहिन किसान संघको केन्द्रीय सदस्य श्याम लुवागुन रहेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुवागुनले यस क्षेत्रमा विश्वकर्मा बाबाको मन्दिर स्थापना भएकोले यस आगामी दिनमा क्षेत्रका सवै जनाले सार्वजनिक रुपमा विश्वकर्मा पूजा गर्न सहज हुने बताए । विश्वकर्मा बाबा दलितको मात्र नभएर सवै जातजातिहरुको भएकोले यस क्षेत्रका जनताहरुले विश्वकर्मा बाबाको मन्दिर संरक्षण र निर्माणमा सहयोग गर्नसमेत आग्रह गरेका थिए ।
पथरी शनिचरे नपाका करिव २ सय जनाले विश्वकर्माको सामुहिक पूजा गरी प्रसाद ग्रहण गरेका थिए ।








Comments