रोलिङ क्लव विजयी





६ असोज, दमक।
झापाको केर्खामा जारी दोश्रो केर्खा कप क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबारको खेलमा रोलिङ क्लब धुलावारी विजयी भएको छ । प्रतियोगिताअन्तर्गत भएको पहिलो चरणको खेलमा पथरी स्पोर्टिङ क्लब मोरङलाई शुन्यका विरुद्ध ३ गोलले पराजीत गर्दै धुलावारीले दोश्रो चरणमा स्थान सुरक्षित गरेको हो ।




प्रतिस्पर्धात्मक भएको खेलमा धुलावारीले पहिलो हाफको आठौं मिनेटमा नै सुनिल मगरको गोलमार्फत अग्रता लिएको थियो । पहिलो हाफमा एक सुन्यले पछि परेको पथरीले दोश्रो हाफमा पनि सुधारिएको खेल प्रदर्शन गर्न सकेन । दोश्रो हाफको १९ औं मिनेटमा सानुका लिम्बुले गोल गरेपछि रोलिङले दुई शुन्यको अग्रता कायम गर्‍यो । दोश्रो गोलको ६ मिनेट वित्न नपाउँदै दोश्रो हाफको २५ औं मिनेटमा सुजन उपरकोटीले रोलिङका लागि तेश्रो तथा निर्णायक गोल गरे । खेलको म्यान अफ द म्याच रोलिङ क्लबकै सानुका लिम्बु घोषित भए । प्रतियोगिताअन्तर्गत मंगलबारको खेल विर्ता यूथ क्लब विर्तामोड र पूर्व क्षेत्रीय प्रहरी कार्यालय रानीबीच हुने आयोजक समितिका फौद गहतराजले जानकारी दिए ।
फोटो - केर्खा कप फुटबल प्रतियोगितामा प्रतिस्पर्धा गर्दै रोलिङ क्लब र पथरी ११ का खेलाडीहरु ।




Comments