सभासद चढेको गाडीले ठक्कर दिँदा तीनजना घाइते





१ असोज, सुनसरी
सुनसरीको भुटाहा १ मा सभासद चढेको जीपले एक मोटरसाइकललाई ठक्कर दिँदा तीनजना घाइते भएका छन् ।
पार्टीको कार्यक्रममा देवानगंज पुगेर इनरुवा फर्कंदै गरेका सुनसरी क्षेत्र नं. ४ का नेपाली काँग्रेस सभासद सिताराम महतो चढेको को १ झ २३४ नम्बरको जीपले को ९ प ७७०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार तीन युवक घाइते भएका हुन् ।
हिजो राति पौने ९ बजेतिर भएको सो दुर्घटनामा घाइते हुनेमा सुनसरी बबिया ८ का १८ वर्षिय रन्जीत मेहता, १७ वर्षिय सुरज ठाकुर र २२ वर्षिय राजकुमार मेहता रहेका छन्।
घाइतेहरुलाई सोही गाडीले उपचारका लागि वि.पी. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पुर्‍याएको सुनसरी प्रहरीले जनाएको छ ।



Comments