बिपन्न परिवारलाई ५० हजार रूपैयाँ सहयोग




१२ असोज, दमक।
विपन्न आर्थिक अवस्था भएका दमक-९ का एक परिवारलाई स्थानीय दाता मोहन मैनालीले ५० हजार रुपैयाँ सहयोग उपलब्ध गराएका छन् । मैनालीले सोही वडाका नरबहादुर बुढाथोकीलाई जिवीकोपार्जनका लागि सहयोग पुर्‍याउन सो रकम रुपैयाँ उपलब्ध गराएका हुन् । आज विहान यहाँ एक कार्यक्रमका वीच दाताले बुढाथोकीलाई चेक हस्तान्तरण गरेका हुन् ।


दाता मैनालीले आफ्नो आयबाट बचेको रकम विपन्न बुढाथोकीलाई सहयोग उपलब्ध गराएका बताए । सहयोग रकम ग्रहण गर्दै बुढाथोकीले खुसी व्यक्त गर्दै यसलाई जिवीकोपार्जन तथा आयमूलक कार्यमा लगानी गर्ने बताएका थिए । दाताले चाहेजस्तो कार्यमा यो रकमलाई सदुपयोग गर्ने उनको भनाई थियो । त्यस अवसरमा मालपोत कार्यालय दमकका प्रमुख डाक्टर बच्चुराम कार्की, नेपाल अधिकार संगठनका पूर्वाञ्चल संयोजक डाक्टर केपी सुवेदी, नेपाल रेडक्रस सोसाइटी झापाका सदस्य प्रकाश बुढाथोकी लगायतले सामाजिक कार्यमा मैनाली परिवारले पुर्‍याएको सहयोगको प्रंशसा गरेका थिए ।

तस्वीर - सहयोग दाता र प्राप्तकर्ता।



Comments