रचना बनिन् मिस झापा

२९ भदौ, बिर्तामोड। झापा डाँगीवारी-८की रचना उप्रेती मिस झापा २०१४ बनेकी छिन् । वीरता जेसीजको आयोजनामा सञ्चालित बास्किन्स रोविन्स मिस झापाको शनिवार राति अवेर सम्पन्न ग्राण्ड फिनालेबाट रचना मिस झापा २०१४ बनेकी हुन् । रचनाले वेस्ट पर्सनालिटीको उपाधिसमेत जितेकी छिन् । मिस झापा बनेसँगै उनले ५१ हजार रुपैयाँ पाएकी छिन् । मिस झापा २०१४को फर्स्ट रनरअप बुधवारेकी भिषाका प्रधान र सेकेन्ड रनरअप विर्तामोडकी अनिषा प्रधान बनेका छन् । भिषाकाले नगद ३० हजार रूपैयाँ पाएकी छिन् । त्यस्तै सेकेन्ड रनरअप अनिषाले नगद १५ हजार रुपैयाँ पाएकी छिन् । भिषाका मिस फोटोजेनिक र अनिषाले वेस्ट ड्रेसको उपाधिसमेत जितेकी छिन् । १८ प्रतियोगीमध्ये वेस्ट स्माइलको उपाधि निशा प्रधानले जितेकी छिन् । वेस्ट वाक सहारा राई, मिस ट्यालेन्ट पुनम भण्डारी, वेस्ट फ्रेण्डसिप पार्वता बोहोरा, मिस डिसिप्लेन सृष्टि पोखरेल, मोस्ट स्टाइलिस्ट पूजा श्रेष्ठ, पब्लिक च्वाइस अनिषा प्रधान घोषित भएको वीरता जेसीजका कार्यकारिणी उपाध्यक्ष एकराज गिरीले जानकारी दिए ।
मिस झापा छनौटका लागि प्रमुख निर्णायक नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष महेश दाहाल थिए भने निर्णायकहरुमा नेपाल जेसीजका कोषाध्यक्ष विनोद बस्नेत, हिडन ट्रेजरका निर्देशक सुवर्ण क्षेत्री, वतास ग्रुपका आनन्द वतास, पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठ, पत्रकार उमाकान्त खनाल र कलाकार आशिस्म नकर्मी रहेका थिए । वीरता जेसीजका अध्यक्ष विशाल थापाको अध्यक्षता र पूर्व क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक नवराज सिलवालको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रमको औचित्यमाथि अध्यक्ष थापाले प्रकाश पारेका थिए भने स्वागत कार्यक्रम संयोजक प्रकाश सुवेदी, आस्था वाचन रजनी बजगाई र कार्यक्रमको सञ्चालन वीरता जेसीजका महासचिव राजीव धिमाल र मिस नेपाल इन्टरनेशनल २०१२की विजेता शुवेक्षा खड्काले गरेको सञ्चार संयोजक विनोद पाण्डेले बताए । कार्यक्रममा प्रमुख अतिथि सिलवाल, नेपाल जेसीजका पूर्व अध्यक्ष कृति तुलाधर, महेश दाहाल र वीरता जेसीजका संस्थापक अध्यक्ष गोपालकुमार बस्नेतले शुभकामना मन्तव्य राखेका थिए । झापा ११ लाई सम्मान एन्फा कप २०७१को विजेता झापा ११को टिमलाई मिस झापा २०१४को ग्रान्ड फिनाले समारोहमा वीरता जेसीजले नगद २५ हजारसहित सम्मान गरेको छ । सम्मानित हुनेहरुमा प्रमुख प्रशिक्षक भगीरथ आले मामा, झापा जिल्ला फुटबल संघका अध्यक्ष जलकुमार गुरुङ, टिम मेनेजर टेकराज किलिङ रहेका छन् । त्यस्तै खेलाडीहरु मिन बस्नेत, प्रवेश कटुवाल, नरेन्द्र लिम्बू, योगेश गुरुङ, विकी चौधरी, देवेन्द्र तामाङ, दिलेन लोक्ताम, सुमिन मैनाली, ज्ञानबहादुर बुढामगर, विशाल राई, कर्ण लिम्बू, विकास राई, कुमार गिरी, जनम मगर, दिनेश थापामगर, दिनेश कार्की, हेम गुरुङ, बुद्ध चेम्जोङ, युगल किशोर राईलाई सम्मान गरिएको छ । त्यसैगरी अफिसियलमा गोपाल राई र विकास गिरीलाई समेत सम्मान गरिएको थियो । सम्मानित हुनेहरुलाई दोसल्ला र माला पहिर्‍याउनुका साथै सम्मान पत्र प्रदान गरिएको थियो । उक्त कार्यक्रमको सञ्चालन वीरता जेसीजका पूर्व अध्यक्ष प्रशान्त भण्डारी भेषराजले गरेका थिए ।

Comments