लखनपुरका व्याडमिन्टन खेलाडीहरू संगठित




८ असोज, लखनपुर।
लखनपुर गाविस भित्रका व्याडमिन्टन खेलाडीहरुलाई संगठित गर्ने उद्देश्यले लखनपुर व्याडमिन्टन संघको गठन भएको छ ।
आज सम्पन्न व्याटमिन्टनप्रेमीहरुको भेलाले प्रमोद दाहालको अध्यक्षतामा ७ सदस्यीय तदर्थ समिति गठन गरेको हो । समितिको सचिवमा दिवान राई, कोषाध्यक्षमा कृष्ण भण्डारी र सदस्यहरुमा तेजु नेम्वाङ, दिनेश दाहाल, झलक लिम्बु र कर्ण धिमाल चयन भएका छन् ।
संघले अब गाविसका सवै वडाहरुलाई समेटेर अघि बढ्ने र व्याडमिन्टन खेललाई संस्थागत रुपमा विकास गर्न पहल गर्ने अध्यक्ष दाहालले बताए ।





Comments