त्रिशक्तिद्वारा रक्तदान, ४० पिन्ट संकलन








९ असोज, दमक।
झापाको दमकमा मुख्य कार्यालय रहेको त्रिशक्ति ट्रान्सपोर्टले आफ्नो स्थापना दिवस, वडादशैं, दिपावली र छैठ पर्वको समेत अवसर पारेर बिहीबार चौथोपटक रक्तदान कार्यक्रम गरेको छ । दमक- १४ स्थित क्याम्पसमोडमा रहेको टान्सपोर्ट परिसरमा भएको रक्तदानमा ४० पिन्ट रगत संकलन भएको जनाइएको छ । सो ट्रान्सपोर्ट बिहीबारदेखि नै १८ औं बर्षमा प्रवेश गरेको प्रोप्राइटर हेमबहादुर बस्नेतले जानकारी दिए ।
रक्तदानको शुभारम्भ ८१ औं पटक रगत दान गरिसकेका दमकका राजकुमार श्रेष्ठले गरेका थिए । त्यस अवसरमा ट्रान्सपोर्टका प्रोप्राइटर बस्नेत, विपी चिन्तन प्रतिष्ठान झापाका सहसचिव युवराज पौडेल नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका दमक एकाई अध्यक्ष मदन खड्का लगायतले रक्तदान गरेका थिए ।






Comments