दहालको अध्यक्षतमा दमक क्याम्पसको नयाँ सञ्चालक समिति

२८ भदौ, दमक। देवीप्रसाद दहालको नेतृत्वमा झापाको दमकस्थित दमक बहुमुखी क्याम्पसको सञ्चालक समिति नेतृत्व चयन भएको छ । केही दिनअगाडि निर्वाचित सदस्यहरुको बैठकले शुक्रबार सञ्चालक समितिको पद विभाजन गरी चार जनालाई सदस्यमा समेत मनोनयन गरेको छ । बैठकले सञ्चालक समितिको उपाध्यक्षमा पर्शुराम सञ्जेललाई चयन गरेको छ । त्यस्तै थप गरिएका सदस्यहरुमा लोमनाथ भण्डारी, प्रविण चाम्लिङ, राम चेम्जोङ र बिक्रम साह रहेको निर्वाचन समितिका संयोजक मोहन प्रसाद भण्डारीले जानकारी दिए। गत बुधवार भएको निर्वाचनबाट कार्यसमिति सदस्यहरुमा इन्द्रबहादुर बुढाथोकी, पदम जबेगु, , बासुदेव भट्टराई, सुमित्रा भण्डारी, देउकुमार लिम्बु, राम थापा, ढुण्डीराज भण्डारी चयन भएका थिए । त्यसैगरी सदस्यहरुमा दिपेनबाला राई, देवी प्रसाद दाहाल र नरहरि दाहाल चयन भएका थिए । यस्तै, लेखा समिति संयोजक पदमा हरि नेपाल निर्बिरोध निर्बाचित भएका थिए भने सदस्य पदमा महेश घिमिरे, बिजय बराल, नरेन्द घिमिरे र भागवत बुढाथोकी चयन भएका थिए ।

Comments