परपुरूषसँग मस्ती गर्न नपाउँदा श्रीमानको हत्या





तेज बन विश्वासी
८ असोज, सुनसरी ।
डेढ महिनाअघि सप्तरीको भारदह १ स्थित कोशी ब्यारेज आसपासमा मृत अवस्थामा फेला परेका सुनसरी हरिपुर ८ का एक ब्यापारीको हत्या उनकै जेठी श्रीमतीको योजनामा भएको अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले मृतककी जेठी श्रीमती सबरुल खातुनलाई नियन्त्रणमा लिई सोधपुछ गर्ने क्रममा यस्तो रहस्य खुलेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक दिपक कार्कीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
सुनसरी हरिपुर ८ का भैंसी ब्यापारी मस्तकिम मियाको गत साउन २३ गते सप्तरीको भारदहस्थित एक केराबगानमा हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।
अनुसन्धानकै क्रममा गाउँका स्थानीय युवा मतावुल मियासँग जेठी श्रीमती सबरुल खातुनको अनैतिक कृयाकलाप र सम्पर्क बढ्दै जाँदा श्रीमान मस्तकिम बाधक बनेको र उनलाई पन्छाउनको निमित्त हत्या योजना बनेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
उता इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक दिपक कार्कीका अनुसार श्रीमान् मस्तकिमको हत्या योजना बनाउने उनकी जेठी श्रीमती सबरुल खातुन रहेको र उनको स्थानीय गाउका युवकसँग अनैतीक सम्बन्ध रहँदै आएको कारण उनले श्रीमानको हत्या योजना बनाएको प्रहरी सामु स्विकारेकी छिन् ।







Comments