२८ भदौ, उदयपुर।
उदयपुरको रामपुर ठोक्सिला ४ मा गएराति मुर्ती खोलाले बगाएर एक जनाको ज्यान गएको छ ।
अबिरल बर्षासँगै खोलामा आएको बाढीले बगाउँदा उदयपुर बबला ४ का ४६ बर्षिय निरा बहादुर राईको ज्यान गएको हो । स्थानीयले उनको मृत शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा खटिएको प्रहरी टोलीले कानुनी प्रकृया पुरा गरेको र घटनासम्वन्धमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले जनाएको छ।
Comments
Post a Comment