अनाथ आश्रममा दुर्गा पूजा





४ असोज, दमक।
दमक-१४ स्थित अनाथ बालबृद्धाश्रममा वडादशैंको उपलक्ष्यमा दुर्गा पूजा लगाइने भएको छ । त्यसका लागि आश्रमका सचिव पदम कोइरालाको अध्यक्षतामा दुर्गा पूजा समिति गठन गरिएको छ ।
स्थानीय समुदायको भेलाद्वारा गठित समितिको उपाध्यक्षमा गोपाल भण्डारी, सचिवमा जर्न बस्नेत र कोषाध्यक्षमा कृष्ण अधिकारी रहेका छन् । त्यसैगरी सदस्यहरुमा सिता बस्नेत, प्रमिला अधिकारी, गोविन्द कुँवर, राधा गुरागाईं, खडानन्द भट्टराई, मान बहादुर बस्नेत, हेमराज भट्टराई, राजेन्द्र पराजुली, प्रेम श्रेष्ठ र युवराज थापा रहेका छन् ।



Comments