कुम्भ मेलामा भ्रष्टाचारको आशंका, कांग्रेसद्वारा आयव्यय सार्वजनिकको माग





तेज बन विश्वासी,
३१ भदौ, सुनसरी ।
गत चैत्र १७ गते देखि सुनसरीको बराहक्षेत्रमा आयोजना गरिएको १ महिने कुम्भ मेलाबाट उठेको रकममा अनियमितताको आशंका देखिएको भन्दै नेपाली कांग्रेस बराह क्षेत्र कमिटीले तत्काल हिसाव सार्वजनीक गर्न माग गरेको छ ।
कांग्रेस बराहक्षेत्र कमपटीले १ महिने मेला आयोजक समितिका अध्यक्ष तथा संयोजक जगतगुरु वालसन्त महाराज मोहासरण देवार्चायलाई हिसाव सार्वजनिकको माग गर्दै पत्र पठाएको हो ।





कुम्भ मेलामा भक्तजनबाट संकलित दान, खाद्यान्न सामग्री तथा नेपाल सरकारबाट सहयोगस्वरुप प्राप्त रकमको पारदर्शी रुपमा आन्तरीक लेखा परीक्षण गरी तत्काल सार्वजनिक गरिनुपर्ने बराहक्षेत्र कांग्रेसले माग गरेको छ ।
मेलाको हिसाब कितावको विषयमा गत महिना केही ब्यक्तिहरुले गरेको पत्रकार सम्मेलन चित्त नबुझेको भन्दै नेपाली कांग्रेस नगर समिति बराहक्षेत्रले पूनः हिसाव सार्वजनीकको माग गरेको पार्टीका कृयाशील सदस्य मोहन श्रेष्ठले बताए ।

Comments