भद्रपुर र विर्तामोडमा चुम्लुङ




४ असोज, दमक।
किरात याक्थुङ चुम्लुङले झापाका दुई नगरमा संगठन विस्तार गरेको छ । जिल्लाको भद्रपुर र विर्तामोड नगरमा चुम्लुङले तदर्थ समिति गठन गरेको हो । भद्रपुर नगरमा आइन्द्र बहादुर आङदेम्बे र विर्तामोड नगरमा इन्द्रदेव केरुङको अध्यक्षतामा छुट्टाछुट्टै शाखा गठन गरेको जिल्ला सचिव विष्णु सुब्बाले जानकारी दिए ।
गठित ११ सदस्यीय भद्रपुर शाखाको उपाध्यक्षमा पूर्ण हाङसुङ्वा, सचिवमा धर्म लक्सम चुनिएका छन् । त्यस्तै समितिको सदस्यहरुमा गोमा लिम्बु, मोति लिम्बु, खगेन्द्र कन्दङवा, प्रकाश लिङदेन, रुचना लिम्बु र राजु लिम्बु चयन भएका छन् ।
त्यस्तै नौ सदस्यीय गठित विर्तामोड समितिको उपाध्यक्षमा महेन्द्र लाओती, सचिवमा अर्जुन लिम्बु, सहसचिवमा प्रमिला लिम्बु र कोषाध्यक्षमा हेमकुमारी लिम्बु चयन भएका छन् ।



Comments