मोटरसाइकलमा हरिण ठोक्किँदा दुई घाइते

२८ भदौ, मोरङ। पूर्व पश्चिम राजमार्गअन्तर्गत मोरङको बयरबन ९मा गुडिरहेको मोटरसाइकलमा हरिण ठोक्किँदा दुईजना गम्भीर घाइते भएका छन् । पश्चिमबाट पूर्वतर्फ जाँदैगरेको को १६ प २११७ नम्बरको मोटरसाइकलसँग हरिण ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक सुनसरी इटहरी १ का ३५ वर्षिय विष्णु अधिकारी र पछाडी सवार इटहरी २ का ४५ वर्षिय इन्द्र बहादुर गुरुङ घाइते भएका हुन् । घाइते दुबैको न्युरो अस्पताल बिराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। शुक्रबार दिउँसो पौने २ बजेितर जंगलबाट निस्केको हरिण गुडिरहेको मोटरसाइकलमा ठोक्किँदा सो दुर्घटना भएको थियो।

Comments