पथरीमा वृहत शान्ति र्‍याली





३ असोज, पथरी।
मोरङको नवघोषित पथरीशनिश्चरे नगरपालिकाको सुरक्षा, ट्राफिक व्यवस्थापन र वातारण संरक्षणको अभियानका लागि सामाजिक संघ संस्थाहरुको संजालले आज पथरी बजार क्षेत्रमा बृहत र्‍याली निकालेको छ ।
पथरी उद्योग वाणिज्य संघका अध्यक्ष धनकुमार तामाङको संयोजकत्वमा गठित सुरक्षा व्यवस्थापन समितिको आव्हानमा शान्ति सुरक्षा तथा वातावरण र सवारी दुर्घटनासम्बन्धी जनचेतनामुलक र्‍याली निकालेको हो । चेतनामुलक प्लेकार्ड र पर्चा सहितको र्‍यालीमा स्थानीय संघ संस्था, विद्यालयका विद्यार्थी सहितको ठूलो संख्या उपस्थित रहेको थियो । र्‍यालीमा प्रहरीको ब्याण्ड बाजासमेत प्रयोग गरिएको थियो ।



र्‍यालीको उद्घाटन कार्यक्रममा बोल्दै मोरङ क्षेत्र नम्बर २ का सभासद चण्डीप्रसाद राईले पथरीशनिश्चरेलाई व्यवस्थित नगरपालिका बनाउन थालिएको यसखाले अभियानले आम मानिसका लागि सचेतनाको काम गर्ने बताए ।

कार्यक्रमका अर्का अतिथि जिल्ला प्रहरी कार्यालयका प्रमुख ठूले राईले शान्ति सुरक्षा र सम्पूर्ण कुराको सुव्यवस्थाका लागि स्थानीयहरुको यसखाले सक्रियता एवम् सचेतताले बस्तीको उन्नती हुने जनाए ।
पथरी बजार र आसपासको क्षेत्रलाई व्यवस्थित गर्न उद्योग वाणिज्य संघ, जेसीज, प्रहरी, ट्राफिक प्रहरी, शिक्षण संस्था, पथरी बजार व्यवस्थापन समितिका अगुवाहरु सम्मिलित सञ्जाल सरहको समितिले निरन्तर गतिविधि गर्ने संयोजक धनकुमार तामाङले बताएका छन् ।



Comments