भृकुटीको साधारण सभामा २४ जनाद्वारा रगतदान

२८ भदौ, सुरूङ्गा। भृकुटी नव युवा क्लब कनकाईले आफ्नो चौथो वार्षिक साधारण सभाको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शनिबार कनकाई ७ कालिमुडास्थित जोरवर पिपल क्षेत्रमा सम्पन्न रक्तदान कार्यक्रममा २४ जनाले रक्तदान गरेका क्लबका संस्थापक अध्यक्ष रोहित खवासले बताए । क्लबका अध्यक्ष प्रकाश शिवाकोटीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सम्पन्न कार्यक्रममा क्लबको वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । कार्यक्रमका क्लबका विविध गतिविधिहरुलाई सहयोग पुर्‍याउने १५ जनालाई प्रशंसा पत्र प्रदान गरिएको थियो । यसरी प्रशंसा पत्र पाउनेहरु यामनाथ खवास, प्रमोद सिटौला, दिपेन्द्र सिटौला, समिर सुवेदी, हेमन्त खवास, कमलप्रसाद शिवाकोटी, रबिन भुजेल, हर्क परियार, नरेन्द्रराज उप्रेती, शंकर खवास, विसन बस्नेत, प्रदीप उप्रेती, शिव काफ्ले, प्रेम खवासलगायत छन् । मानव अधिकार सञ्जाल जिल्ला सचिव चन्द्र चुडालको प्रमुख आतिथ्य रहेको कार्यक्रममा नेकपा एमालेका जिल्ला सदस्य चन्द्रमोहन उप्रेती, नेपाली कांग्रेसका लीलाबहादुर कटवाल, दुर्गापुर बजार व्यवास्थापन समितिका अध्यक्ष रमेश श्रेष्ठ, ज्ञान ज्योति युवा क्लबका अध्यक्ष ज्योति उप्रेती, पत्रकार मनोज बस्नेत लगायतको मन्तव्य रहेको थियो । कार्यक्रममा लेखा समिति संयोजक भरत थपलियाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेको क्लबका सचिव भुवन भित्रिकोटीले बताए ।

Comments