गजल

- तेजन खड्का
कुविचारको भावनाले हरेक पाइला धिक्कार हुन्छन्
विश्वास छैन पुरुषको महिला यहाँ शिकार हुन्छन्।

कस्ले सुन्ने अर्ति यहाँ सबै आफ्नो काममा ब्यस्त
खेर जान्छन् वाणीहरू जो धेरै हितकार हुन्छन्।

हार्नेहरू जित्छन् यहाँ जित्नेहरू पनि हार्छन्
पछि पर्छन् दक्षहरू, सामान्ती जितकार हुन्छन्।

आफु जल्दै उज्यालो दिनेको बेग्लै कथा
अपमानित ब्यवहारले समाजमा बेकार हुन्छन्।

मनैबाट भावनालाई उसरी नै कोर्न सके
निरन्तर लागि परे प्रायः गजलकार हुन्छन्।

डर त्रास धम्कीले जिउन गाह्रो भएपनि
कुटाई खान्छन् मर्छन पनि तर पत्रकार हुन्छन्।

राजघाट, मोरङ।



Comments