चुलाचुलीमा गायन प्रतिभा प्रतियोगिता, टप टेन छानिए






५ असोज, दमक।
इलामको चुलाचुलीमा जारी गायन प्रतिभा खोजी प्रतियोगीताबाट 'टप टेन' छानिएका छन् ।

शुक्रबार चुलाचुली गाविसको सभाकक्षमा सम्पन्न उक्त गायन प्रतियोगिताको तेश्रो चरणबाट 'टप टेन' प्रतिभाहरु छानिएका हुन् । उक्त स्पर्धाबाट रन्दिप राई, न्यूमन तामाङ्ग, सन्तु राई, आदित्य तिरुवा, सोविया फागो, अष्टदेव योङ्या, सुरेश राई, प्रेम राई, ताराप्रसाद बाँस्कोटा, युमन राई छानिएको निर्णायक तथा गायिका सम्झना ओलीले जनाइन् ।

कूल ८ विद्यालय तथा खुल्लातर्फ गरी २४ जनाले सहभागिता जनाएको उक्त प्रतियोगिता पहिलो राउण्डबाट ६४ जना र दोस्रो राउण्डबाट २४ जना प्रतिभाहरु छनौटमा परेको चुलाचुली रङ्गमञ्चका चेतन डर आङ्थुपोले जनाए । आउँदो बडादशैको फूलपातीका दिन गायन प्रतियोगीताको उपाधिका लागि स्पर्धा हुने तथा उत्कृष्ट टप थ्रीलाई आकर्षक पुरस्कार प्रदान गरिने जनाइएको छ ।

तस्वीर - प्रतियोगीतमा गीत प्रस्तुत गर्दै एक प्रतियोगी



Comments