तेज बन विश्वासी,
२७ भदौ, सुनसरी।
नेपाल आदिवासी जनजाति महासंधका नेता तथा पूर्व अध्यक्ष राजकुमार लेखीले अधिकार बिनाको संविधान जारी भए जलाउने चेतावनी दिएका छन् ।
सुनसरीको इटहरीमा शुक्रवार थारु कल्याणकारिणी सभाको ७ औं जिल्ला अधिबेशनमा संञ्चारकर्मीहरुसँग बोल्दै लेखीले थारु समुदाय र जनताको अधिकारको हितमा संविधान नआए जलाइदिने चेतावनी दिएका हुन्।
संविधानसभामा कठपुतलीको जमात भएकाले संविधान बन्न नसक्ने दाबी गर्दै लेखीले अहिलेका सभासदहरु सास नभएका जिउँदा लाश जस्तै भएका बताए ।
१४ प्रदेशको बिषयमा आफुहरुको बिरोध रहेता पनि पहाड र तराईलाई समान संख्याको प्रदेश बनाउनु पर्ने उनको भनाई थियो ।
तराईलाई एक प्रदेश मात्र दिने कुरा थारु समुदायको छातीमा गोली ठोक्नेसरह जस्तै भएकाले समान प्रदेश नदिए थारु समुदाय पुनः सडकमा उत्रिने अध्यक्ष लेखीले चेतावनी दिए ।
यता सरकारको बिषयमा बोल्दै लेखीले कोइराला सरकार सुस्तमनस्थिती भएका कारण देशमा सरकार नभएको अनुभूति हुन थालेको बताए । देशका बिभिन्न स्थानमा बाढी पहिरोका कारण अस्तव्यस्थ बनेको अबस्थामा सरकार सुतेको अनुभूत भएको लेखीको भनाई थियो ।
थारु कल्याणकारिणी सभाका केन्द्रीय अध्यक्ष चन्द्र कुमार चौधरीले अब बन्ने संविधान थारु समुदायको हितको पक्षमा नभए तिहार र छैठपछि निर्णायक आन्दोलन गर्ने बताए ।
कार्यक्रममा सुनसरी जिल्लाका बिभिन्न स्थानबाट आफ्ना भेषभुषासहित कार्यक्रममा थारु समुदायको ठुलो सहभागीता रहेको थियो । यस्तै थारु कल्याणकारिणी सभाका अनुसार यही असोज २९ गते झापाको विर्तामोडमा २१ औं राष्ट्रिय महाघिवेशनको कार्यक्रम रहेको छ ।

Comments
Post a Comment