दशैंका अवसरमा इटहरामा बृहत सांस्कृतिक कार्यक्रम





२ असोज, इतहरा ।
नेपालीहरूको महान् चाड बडादशैंको अवसरमा मोरङको इटहरामा बृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ ।
इटहरा एकता क्लबको आयोजनामा असोज १६ गते अष्टमीको दिन हुने कार्यक्रमलाई भब्य बनाउन क्लबले बिभिन्न समिति, उप-समितिहरु समेत गठन गरी तयारीलाई तिब्र पारेको छ ।
क्लबले कार्यक्रमलाई सफल बनाउन पदम चोङ्गबाङ्गलाई कार्यक्रम संयोजक तोकेको छ भने आर्थिक संकलन उपसमितिको संयोजकमा दिल लिम्बु, कलाकार व्यवस्थापन उपसमितिको संयोजकमा युवराज कट्टेल रहेका छन् ।
कार्यक्रममा चर्चित टेलिश्रृखला मेरी बास्सैका धुर्मुस, गायक हिमाल सागर, डम्बर नेपाली, गायिका योजना पुरी, तारा लिम्बु लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने प्रचारप्रसार समितिका संयोजक सुमन घिमिरेले जानकारी दिए ।
कार्यक्रममा बिभिन्न जातिका झाँकीसमेत प्रस्तुत गरिने क्लबका अध्यक्ष बिक्रम पौडेलले जानकारी दिए ।



Comments