रोलिङलाई हराउँदै सशस्त्र सेमी फाइनलमा





१० असोज, दमक।
सशस्त्र प्रहरी बल पाथिभरा गण लखनपुर झापाको केर्खामा जारी मुकारुङ दोश्रो केर्खा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रवार भएको अन्तिम क्वार्टरफाइनल खेलमा रोलिङ क्लब धुलावारीलाई १ का विरुद्ध २ गोलले पराजीत गर्दै एपिएफले अन्तिम चारको यात्रा तय गरेको हो ।
प्रतिस्पर्धात्मक भएको खेलमा पहिलो हाफको सातौं मिनेटमा हरि कार्कीले गोल गर्दै सशस्त्रलाई सुरुवाती अग्रता दिलाएका थिए । कार्कीले पहिलो हाफको ३२ औं मिनेटमा पुनः गोल गरेपनि सशस्त्र पहिलो हाफमा दुई शुन्यको अग्रता लिन सफल भयो । पहिलो हाफको तुलनामा दोश्रो हाफमा सुधारिएको खेल प्रदर्शन गरेको रोलिङका लागि दोश्रो हाफको २० औं मिनेटमा सुनिल थापा मगरले गोल गर्दै आफ्नो टोलीलाई खेलमा फर्काउने प्रयास गरेपनि त्यसपछि कुनै टोलीबाट गोल हुन सकेन र खेल सशस्त्र प्रहरीले जित्यो । खेलको म्यान अफ द म्याचसमेत दुई गोल गरेका सशस्त्रका हरि कार्की घोषित भए। प्रतियोगिताअन्तर्गत शनिवारबाट सेमिफाइनलका खेलहरु सुरु हुँदैछन् । आइतबार हुने पहिलो सेमिफाइनल खेलमा चुलाचुली स्पोर्टिङ क्लब इलाम र विर्ता यूथ क्लब विर्तामोड झापाबीच प्रतिस्पर्धा हुने आयोजक समितिका बुद्धि लिम्बुले जानकारी दिए ।







Comments