एसएसपी घिमिलेलाई एक दर्जन संघसस्थाद्वारा सम्मान





३ असोज, विर्तामोड ।
अञ्चल प्रहरी कार्यालय मेचीका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक केशरीराज घिमिरेलाई आज शुक्रबार बिर्तामोडमा वीरता जेसीजसहित एक दर्जन संस्थाले सम्मान गरेका छन् ।
वीरता जेसीजका अध्यक्ष विशाल थापाको अध्यक्षता र नेपाल जेसीजका कोषाध्यक्ष विनोद वस्नेतको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा घिमिरेलाई सम्मान पत्र, दोसल्ला, खादा, अवीर र माला पहिर्‍याएर सम्मान गरिएको हो ।
वीरता जेसीजका कार्यकारिणी उपाध्यक्ष एकराज गिरीले सञ्चालन गरेको कार्यक्रममा आस्थावाचन उपाध्यक्ष यम विमलीले गरेका थिए ।
कार्यक्रममा वीरता जेसीजको तर्फबाट अध्यक्ष थापा र नेपाल जेसीजका कोषाध्यक्ष वस्नेत, निर्माण व्यवसायी संघको तर्फबाट अध्यक्ष दीपेन्द्र पोखरेल, झापा उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष बलराम कार्की, उपाध्यक्ष कुमार भट्टराई र सचिव किरण श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटी बिर्तामोडको तर्फबाट सचिव शोमा शिवाकोटीले घिमिरेलाई सम्मान प्रदान गरे ।
त्यस्तै अग्रसेन भवनको तर्फबाट अध्यक्ष मोहन मित्तल, सुरुड्गा जेसीजका तर्फबाट अध्यक्ष शिव कडेल र संस्थापक अध्यक्ष लिलाप्रसाद चिमरिया, मारवाडी युवा मञ्चका तर्फबाट अध्यक्ष रोनक वंशल, बुधबारे जेसीजका तर्फबाट अध्यक्ष फणिन्द्र चापागाईले सम्मान प्रदान गरेका थिए ।




वीरता लेडी जेसीजका तर्फबाट संस्थापक अध्यक्ष शारदा रिजाल, पूर्व अध्यक्षहरु राधा सुब्बा, उर्मिला खरेल, अर्जुनधारा जेसीजका संस्थापक अध्यक्ष इन्दिवर खड्का, कालिस्थान माविका अध्यक्ष बलदेव गोम्देन, ग्यास व्यवसायी संघका केन्द्रीय सदस्य आदित्य पराजुली, नेपाल भारत मैत्री संघका केन्द्रीय सदस्य दीपेश ढकाल, रोटरी क्लव अफ बिर्तामोडका अध्यक्ष सुरेश वंशल, मिस झापा रचना उप्रेती, फष्ट रनर अप भीषाका प्रधान, सेकेण्ड रनर अप अनिशा प्रधान, सामाजिक युवा टेकबहादुर सुब्बाले समेत एसएसपी घिमिरेलाई सम्मान गरे ।
वीरता जेसीजका पूर्व अध्यक्षहरु मदन ढकाल, वेदप्रकाश अग्रवाल, गणेश शाक्य, राजेन्द्र चौलागाईं, प्रशान्त भण्डारी, पत्रकार भाष्कर ज्ञवाली र नवीन खतिवडाले पनि खादा पहिर्‍याएर सम्मान गरे ।
मेचीबाट सरुवा भई काठमाण्डौ जान लागेका घिमिरेलाई झापामा रहँदा गरेको सेवाको मूल्यांकन गर्दै सम्मान गरिएको जनाइएको छ ।



Comments