जंगलभित्रको सहर बनाउन इटहरीमा एकैदिन रोपियो १० हजार बिरुवा


-->

तेज बन विश्वासी
४ असोज, इटहरी ।
जङ्गल भित्रको शहर बनाउने अभियानमा जुटेका इटहरी नगरवासीहरुले विश्व सरसफाई दिवसको अवसर पारेर इटहरी क्षेत्रमा आज एकै दिन १० हजार बिरुवा रोपेर उदहारणीय कार्यको थालनी गरेका छन् ।
नगरवासीहरुले इटहरीको खुर्सानेखापदेखि भुर्के सम्म बिभिन्न प्रजातिका १० हजार बिरुवाहरु रोपेर नयाँ कार्यको थालनी गरेका हुन्।
उक्त अभियानलाई वन तथा भु संरक्षण मन्त्री महेश आर्चायले समेत सहयोग गरेका छन् । स्थानीयहरुसँग सरिक भई मन्त्री आचार्यले पनि बिभिन्न प्रजातिका बिरुवाहरु रोपेर सो अभियानलाई साथ दिएका थिए ।


-->
इटहरीलाई जङ्गलभित्रको शहर बनाउने अभियानमा जुटेका इटहरी नगरपालिका, किप क्लीन इटहरी र उद्योग वाणिज्य संघ इटहरीका प्रतिनिधिहरुले बिरुवा रोप्नु मात्रै ठुलो उपलब्धी नभएको त्यसलाई हुर्काउन सबैले हातेमालो गरी एक साथ अघि बढन आग्रह गरेका छन् ।
त्यस्तै कार्यक्रमका प्रमुख अतिथि बन तथा भु संरक्षण मन्त्री आर्चायले नगरपालिकाको प्राङ्गणमा एक कपुरको बिरुवा रोप्दै देशभरका नगरपालिकाहरुभन्दा इटहरी नमुना नगरपालिकाको रुपमा परिचित बन्दै गएको बताए । बिभिन्न सुधारात्मक कार्यहरु थालनी गर्दै अघि बढेको इटहरी देशकै नमुना शहरको रुपमा केन्द्रमा समेत चर्चा हुने गरेको मन्त्री आचार्यले बताए ।
यस्तो अभियानलाई इटहरीमा मात्र नभएर आसपासका नगरपालीकामा पनि लगेर सहकार्य गर्न अभियानकर्ताहरुलाई मन्त्री आर्चायले अनुरोधसमेत गरेका छन् ।


-->








Comments