तेज बन विश्वासी,
२७ भदौ, इटहरी।
पूर्वाञ्चलकै सबै भन्दा ठुलो पुरस्कार रासी भएको एकल गायन प्रतियोगीताअन्तर्गत पिएलओ भ्वाइस अफ पूर्वाञ्चलको दोश्रो अडिसन सुनसरीको इटहरीमा सम्पन्न भएको छ ।
पूर्वाञ्चलको सबै जिल्लामा सम्पन्न पहिलो चरणको अडिसन कार्यक्रममा १ हजार बढिको सहभागीता रहेको थियो, जसमध्ये दोश्रो चरणको अडिसनमा १ सय ५० जना छनोट भएर इटहरीसम्म आएका आयोजक एरिना टेलिभिजनले जनाएको छ ।
पहिलो चरणको अडिसन पार गरी सहभागी १ सय ५० जना बीच बिहीवार साँझ सम्पन्न दोश्रो चरणको अडिसनबाट तेश्रो चरणका लागि ५४ जना छनौटमा परेको आयोजक एरिना टेलिभिजनका स्टेशन म्यानेजर प्रेम अधिकारीले बताए ।
त्यस्तै तेश्रो चरणमा प्रवेश गरेका ५४ प्रतिष्पर्धीहरुबीच शनिवार चौथो चरणका लागि प्रतिष्पर्धा हुने स्टेशन म्यानेजर अधिकारीले जानकारी दिए ।
कार्यक्रमको निर्णायक मण्डलमा बरिष्ठ बाँसुरीवादक तथा गायक बलराम समाल रहेका थिए ।
Comments
Post a Comment