एक व्यक्ति मृत फेला

२७ भदौ, ताप्लेजुङ। ताप्लेजुङ नगरपालिका ९ मा गएराति एक व्यक्ति मृत अवस्थामा फेला परेका छन्। स्थानिय ५३ बर्ष का कृष्ण राई ताप्लेजुङ नगरपालिका ९ पुरानो दोखुभित्ते भन्ने स्थानमा मृत अवस्थामा भेट्टिएका हुन् । बेलुका साढे ८ बजेतिर उनको लाश स्थानियले देखेपछि टेलिफोनबाट जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा जानकारी गराएका थिए। घटनास्थलमा प्रहरी टोली खटिगई कानूनी प्रकृया पुरा गरी लाश पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको र घटनासम्वन्धमा अनुसन्धान शुरू गरिएको प्रहरीको भनाई छ।

Comments