दमकमा सांगीतिक कार्यक्रम हुँदै




१० असोज, दमक।
दमक ब्रेकर्स क्र्युले आगामी कार्तिक १ गते दमकमा राष्ट्रिय वि वोइङ प्रतियोगिता संचालन गर्ने भएको छ । शुक्रवार क्र्युले पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको बारेमा जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बोल्दै संस्थाका अध्यक्ष अतित वान्तवाले युवाहरुलाई कुलतबाट टाढा राख्न क्लबले समाजमा सिर्जनात्मक कार्यक्रममा प्रेरित गर्ने उद्देश्यले विभिन्न कार्यक्रमको आयोजना गर्दै आएकाले त्यसैलाई निरन्तरता दिँदै प्रतियोगिताको आयोजना गरिएको बताए ।
प्रतियोगितामा काठमाण्डौ, इलाम, धरान, इटहरी, तरहरालगायत देशका विभिन्न स्थानबाट १६ वटा ब्याण्डको सहभागीता जनाउने समेत पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो । एकल र सामुहिक दुवै प्रकारका प्रतियोगिता हुने कार्यक्रममा एकलतर्फ प्रथम हुने सहभागीले नगद ६ हजार रूपैयाँसँगै ट्रफि तथा द्वितीय हुने प्रतियोगीले नगद ३ हजारसँगै ट्रफि प्राप्त गर्नेछन् भने सामुहिकतर्फ प्रथम हुने टिमले नगद १५ हजार रूपैयाँसँगै ट्रफि र द्वितीय हुने टिमले नगद १० हजारसँगै ट्रफि प्राप्त गर्ने अध्यक्ष वान्तवाले बताए ।
कार्यक्रम संचालन गर्नका लागि लागि ६ लाख ६६ हजार रुपैयाँ अनुमानित खर्च लाग्ने समेत जनाइएको छ ।






Comments