करेण्ट लगाएर माछा मार्दा आफ्नै ज्यान गयो




१५ असोज, मोरङ।
खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा मोरङको बाहुनीमा एक जनाको ज्यान गएको छ ।
मृत्यु हुने बाहुनी ४ का ४२ बर्षीय बाघु चौधरी हुन् ।
हिजो साँझ साढे पाँच बजेतिर स्थानीय कायर खोलामा विद्युत करेन्ट प्रवाह गरी माछा मार्दै गरेका चौधरीलाई अचानक करेन्ट लाग्दा घटनास्थलमै उनको ज्यान गएको थियो।

घट्नास्थलमा खटिएको प्रहरी टोलीले कानुनी प्रकृया पूरा गरेको इलाका प्रहरी कार्यालय बेलाबारीले जनाएको छ ।



Comments