फर्कंदै होस्टल

पछिल्लो समयमा नेपाली सिनेजगतमा सफल चलचित्रको सिक्वेल निर्माण गर्ने परीपार्टी बढ्दै गइरहेको छ । यसै क्रममा चलचित्र होस्टेलको पनि सिक्वेल निर्माण हुने भएको छ । पहिलो पटक सायद निर्माण गरेर धेरै नेपाली चलचित्रप्रेमीहरुको मन जित्न सफल निर्माता सुनिल रावलले गत बर्ष निर्माण गरेको चलचिल होस्टेलले राम्रो व्यापार गर्न सफल भएको थियो । चलचित्रको सफलताले गर्दा आफू यसको सिक्वेल निर्माणमा हैसिएको यसका निर्माता सुनिल रावलले जानकारी गराएका छन् । यस सम्वाददातामासँग कुरागर्दै उनले भने, 'आफूले निर्माण गरेको दुवै चलचित्र सायद र होस्टेललाई दर्शकहरूबाट अत्याधिक मात्रामा रुचाइएको छ ।' आगामी दिनमा पनि आफूबाट नेपाली दर्शकहरुले ठूलो आशा राखेको रावल बताउँछन् । उनी आफ्नो यो आशालाई चलचित्र होस्टेल रिटर्न्सले अझ बढाउने र दशकको मन जित्न आफू सफल हुने कुरामा ढुक्क रहेको बताउँछन् । आगामी असोज २१ गतेबाट छायाँकन गरिन लागिएको चलचित्र पहिलेकोभन्दा फरक धारमा निमार्ण हुन लागेकाले पुराना कलाकारहरु कोही पनि नदोहिरिएको निर्माण पक्षले जानकारी गराएको छ । चलचित्रमा सुशील श्रेष्ठ, नजिर हुसेन, सुशील सिटौला, अभय बराल, शशी श्रेष्ठ, स्वस्तिमा खड्का, सुदाम सिके, प्रदिपकुमार चौधरी, इभास जोशी, रमेश श्रेष्ठ आदि कलाकारहरुको मुख्य भूमिका रहनेछ । सिभिल इन्जिनियरका विद्यार्थीको कथालाई मुख्य केन्द्रविन्दु बनाएको चलचित्रलाई यसअघि चलचित्र मौनबाट चर्चा कमाएका निर्देशक सुरज भूषालले निर्देशन गर्नेछन् भने पटकथा सन्तोष लम्साल र सुरज भुषालको रहेको छ । चलचित्रको सबै सुटिङ बुटवलका रमणीय स्थलहरुमा गरिने र केहि दिन अगाडी बुटवलमा सुटिङ स्थलको निरीक्षण गरेर आएको चलचित्र निर्माण पक्षले जानकारी गराएको छ । होस्टेलको जीवनशैली, मित्रता र प्रेमको कथा पेश गर्ने सिनेमामा स्याडोज ब्यान्डका गायक स्वप्नील शर्माको संगीत हुनेछ । चन्द्र पन्तको एक्सन हुने फिल्मको अहिले धमाधम कार्यशाला भैरहेको छ । स्मरण हालसम्म नेपाली चलचित्रहरुको थुप्रै सिक्वेल निर्माण भइसकेको भए पनि चलचित्र नाई न भन्नू ल २ सिवाय अन्य कुनै चलचित्रले सफलता हात पार्न सकेका छैनन् । प्रस्तुति - किसोर श्रेष्ठ

Comments