बिश्वकर्माको मूर्ति सेलाउन गएका एक युवक नहरमा डुबेर बेपत्ता








२ असोज, सुनसरी ।
विश्वकर्मा पूजाको मूर्ति सेलाउन गएका एक युवक सुनसरीको एकम्बा ८ स्थित कोशी नहरमा नहरमा डुबेर बेपत्ता भएका छन् ।
हिजो गरिएको बिश्वकर्माको पूजापश्चात आज बिराटनगर त्रिमुर्ति चोकबाट मूर्ति सेलाउन गएका २५ बर्षिय राकेश कवार विहान साढे ११ बजेतिर नहरमा डुबेर बेपत्ता भएका हुन् ।

घटनास्थलमा प्रहरी टोली खटीगई स्थानियको सहयोगमा कवारको खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।





Comments