सञ्चार क्लवद्वारा सञ्चारकर्मीहरू पुरस्कृत र सम्मानित

२७ भदौ, उर्लाबारी। मोरङको उर्लाबारीस्थित सञ्चार क्लब नेपालले चार सञ्चारकर्मीलाई पुरस्कृत गरेको छ । क्लबले आफ्नो नवौं वार्षिक साधारण सभाको अवसरमा उनीहरूलाई पुरस्कृत गरेको हो । यसैबर्ष स्थापना गरिएको लीला-गोमा आचार्य स्मृति पत्रकारिता पुरस्कारबाट उर्लाबारीका ज्योति शर्मा र पथरीका सन्तोष राई पुरस्कृत भएका छन् । उनीहरू सक्रिय पत्रकारका रुपमा पुरस्कृत भएका हुन् । त्यस्तै उदीयमान पत्रकारका रुपमा हसन्दहकी मुना तामाङ र डाँगीहाटकी अनु निरौला पुरस्कृत भएका छन् । स्थानीय समाजसेवी जयधर्म आचार्यले आफ्नी स्व. आमा लीलादेवी र स्व. धर्मपत्नी गोमाको संयुक्त नामबाट पुरस्कार स्थापना गरेका हुन् । पुरस्कारका लागि आचार्यले एकलाख रुपैयाँको अक्षय कोषको स्थापना गरेका छन् । त्यसैगरी क्लबले सोही अवसरमा क्लबका पूर्व अध्यक्षहरु दुर्गाप्रसाद खतिवडा, जगन्नाथ भट्टराई, मदनबाबु प्रसाईं, केदार चौहान र घनश्याम भण्डारी तथा सञ्चार सहयोगी सचिन शाक्यलाई सम्मानित गरेको छ । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका पूर्वाञ्चल संयोजक गणेश पोखरेल लगातयले बोलेका थिए ।

Comments