कनकाईका मगरहरु संगठित





१० असोज, सुरूङ्गा ।
कनकाई नगरपालिकाका मगरहरु संगठित भएका छन् । जातीय पहिचान र संस्कृतिको रक्षाका लागि कनकाई नगरपालिकाभरिका मगरहरु कनकाई-१ जामुनवारीमा मगर संघकै भवनमा भेला भई नेपाल मगर संघ कनकाई नगर समितिको गठन गरेका हुन् । सर्वसम्मत रुपमा गठन गरिएको समितिको अध्यक्षमा राजकुमार आले चयन भएका छन् भने उपाध्यक्षमा श्याम घले, सचिवमा प्रेम आले, सहसचिवमा लीला थापामगर र कोषाध्यक्षमा रत्ना थाङनासीलाई चयन गरिएको छ ।

त्यसैगरी समितिको सदस्यहरुमा जङ्गबहादुर राना, गोविन्द क्याप्छाकी, तिलक क्याप्छाकी, तुलसा गुर्वछाने, सुमन सिंजाली, कुमार सोराली, महेन्द्र बलम्पाकी, निरु क्याप्छाकी, उमा लायरमगर र गोमा लायरमगर रहेका छन् । दलबहादुर सिंजाली मगरको सभापति र नेपाल मगर संघ झापा अध्यक्ष सुन्दर केप्छाकीमगरको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा संघका जिल्ला सदस्य डगमाया मगर, नेपाल आदिवासी जनजाति महासंघ कनकाई नगर अध्यक्ष धर्मलाल राजवंशी, सचिव रोहित खवास, सदस्य श्याम घलेमगर लगायतले मन्तव्य राखेका थिए ।




Comments