साहसी जनयुवामा भुपाल

२८ भदौ, इटहरा। मोरङको इटहरामा शनिवार भुपाल थापाको अध्यक्षतामा साहसी जनयुवा क्लवको गठन गरिएको छ । स्थानीय जनता माविमा भएको युवाहरु भेलाले उपाध्यक्षमा राजकुमार खड्का, सचिवमा कुमार कार्की, सह-सचिवमा सुमन कार्की र कोषाध्यक्षमा अंजित थापालाई चयन गरेको छ । यस्तै सदस्यहरुमा नारायण कार्की, तीर्थ राउत, सन्तोष मण्डल, लोकबहादुर नेपाली, सागर भण्डारी र प्रेम थापा रहेका छन् । यसैगरी टुकबहादुर कार्कीको संयोजकत्वमा सल्लाहकार समिति चयन गरिएको छ । सल्लाहकार समितिको सदस्यहरुमा भीमराज बस्नेत, नरेन्द्र अधिकारी, राधा थापा, हरिलाल थामी थारु र चन्द्रबहादुर कार्की रहेका छन् । समाजमा भएका बिकृति बिसंगतीलाई न्यूनिकरण गर्ने र खेलकुद तथा समाजिक कार्य गर्न क्लव गठन गरिएको अध्यक्ष अध्यक्ष थापाले जानकारी दिए ।

Comments